मैदान प्रवेश गर्ने बितिकै अडुरिजले बाइसाइकल किकमा गोल गरे, बार्सिलोना पराजित [भिडियो]

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत पहिलो खेलमा नै साविक विजेता बार्सिलोना पराजित भएको छ ।

शुक्रबार भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको हो ‌। बिल्बाओका लागि घरेलु मैदानमा फरवार्ड अरिट्ज अडुरिजले निर्णायक गोल गरे । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे । ८९ औं मिनेटमा विंगबाट आएको क्रसलाई अडुरिजले उत्कृष्ट बाइसाइकल किकमा गोल गरेका थिए ।

बार्सिलोनाले १० वर्षपछि लिगको पहिलो खेलमा हार बेहोर्यो । खेल दौरान टोलीका मुख्य फरवार्ड लुइस सुआरेज चोट बोक्दै खेल छाड्न बाध्य भए । कप्तान मेस्सीको साथ गुमाइसकेको बार्सिलोनाले सिजनमा खराब सुरुवात गरेको छ । यसै खेलबाट क्लबमा डेब्यु गरेका एन्टोइन ग्रिजमन र फ्रान्की डे जोङले सुखत सुरुवात पाउन सकेनन् ।

गोलको भिडियो:

प्रकाशित : शनिबार, साउन ३२, २०७६०९:२५