विश्वकप दाबेदार मानिएको फ्रान्स मैत्रीपूर्ण खेलमा रोकियो !

मस्को (एजेन्सी) – गए राति खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्स र अमेरिकाले १-१ को बराबरी खेलेका छन् ।

फ्रान्सले आफ्नो अधिकांश पहिलो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारेको थियो । तर पहिलो हाफको ४४ औं मिनेटमा गोल खाएपछि फ्रान्स खेलमा पछि परेको हो । अमेरिकाका लागि जिलियन ग्रिनले गोल गरेका थिए ।

फ्रान्सले खेलभरी नियन्त्रण लिए पनि गोल भने गर्न सकेको थिएन । दोस्रो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभर जिरुड र अमेरिकाका म्याट मियज्गा ठोकिएपछि दुवैको टाउको रगताम्मे भएको थियो ।

७८ औं मिनेटमा भने फ्रान्स अन्तत: गोल गर्न सफल भएको थियो । किलियन बाप्पेले बेन्जामिन पाभार्डको क्रसलाई सदुपयोग गर्दै फ्रान्सेली समर्थकहरुलाई निराश हुनबाट जोगाए । सो मैत्रीपूर्ण खेल फ्रान्सका लागि विश्वकप अघि अन्तिम थियो ।

विश्वकप दाबेदार मानिएको फ्रान्स विश्वकप समूह ‘सी’ मा अष्ट्रेलिया, पेरु र डेनमार्कसँग रहेको छ ।

प्रकाशित : आइतबार, जेठ २७, २०७५१०:१७

नेयमारलाई पिएसजी टोलीबाट हटाइएको हल्ला ! के हो सत्यता ?